यस नगरपालिकाको नामाकारण मधेश प्रदेश, रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं.-३ औरैयामा स्तिथ रहेको प्रशिद्ध ईशनाथ मठको नाम बाट "ईशनाथ नगरपालिका" नामकरण भएको देखिन्छ।
ईशनाथ नगरपालिकाको स्थापना: २०७३ सालमा भएको हो ।
यस नगरपालिका अन्तर्गत कुल ९ वडा वडामा विभाजित गरिएको हो ।
यस नगरपालिकाको कुल क्षेत्रफल: ३५.१७ ( वर्ग कि.मी.) मा फैलिएको देखिन्छ ।
यहाको हवापानी उष्ण प्रदेशीय छ ।
यस नगरपालिकामा साविको गा.वि.स.: बन्जरहा, डुमरीया पराेहा, औरैया, मठिया, जटहारा र जोकाहा लाई समावेश गरिएको देखिन्छ ।